दफा २३
परीक्षाको निरीक्षण
: (१) दफा २१ बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधीको मान्यता दिने क्रममा वा मान्यता दिई सकेपछि उक्त शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधी प्रदान गर्ने सम्बन्धित शिक्ष्षमा संस्थाबाट लिईने परीक्षा प्रणालीको बारेमा निरीक्षण गर्न परिषद्ले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पठाइएको निरीक्षकले निरीक्षण गर्ने क्रममा परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन ।
(३) उपदफा (२) बमोजिम परीक्षाको निरीक्षण गर्ने निरीक्षकले परीक्षा निरीक्षणको क्रममा देखेका कुराहरुको बारेमा प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्नु पर्नेछ ।